Tuesday , 19 September 2017
Home / देश / निहित स्वार्थका लागि सीमांकन गरिएकाले समय क्रममा त्यसलाई सच्याइने- ओली

निहित स्वार्थका लागि सीमांकन गरिएकाले समय क्रममा त्यसलाई सच्याइने- ओली

१८ भदौ / खगेन्द्र खरेल
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाउनुभयो ।

नेपालको संसदमा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उहाँले बताउनुभयो । सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले ‘निहित स्वार्थका लागि सीमांकन गरिएकाले’समय क्रममा त्यसलाई सच्याइने बताउनुभयो । रासस

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *