Sunday , 24 September 2017
Home / देश / ६८ लाख प्रतिबन्धित भारुसहित दुई जना पक्राउ

६८ लाख प्रतिबन्धित भारुसहित दुई जना पक्राउ

१८ भदौ / खगेन्द्र खरेल
महानगरीय प्रहरी अपराध महाशाखा टेकुले हजार र पाँच सय दरका प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोक क्षेत्रमा अवैध भारु बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारीलाई शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ । उनीहरुबाट बरामद अवैध भारु ६८ लाख २० हजार रहेको महाशाखामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

सर्वसाधारणहरुलाई ठगी गर्ने उद्देश्यले हिँडिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *