Tuesday , 19 September 2017
Home / देश / महानगरलाई कर नतिर्ने अन्सारी एमालेका मेयर उम्मेदवार

महानगरलाई कर नतिर्ने अन्सारी एमालेका मेयर उम्मेदवार

१९ भदौ / खगेन्द्र खरेल
वीरगन्ज महानगपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन् ।

बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारीले मेयरको उम्मेदवार भएपछि आफूले कलेजको प्रबन्ध निर्देशक पद छोडिसकेको बताएका छन् ।

कलेज सञ्चालक बोर्डका सदस्यसमेत रहेका अन्सारी मेयरको उम्मेदवार बनेर मैदानमा उत्रिएपछि उनले महानगरपालिकाले कर नतिरेको विषयलाई लिएर स्थानीय बासिन्दाले टिप्पणी गर्न थालेका छन् ।

तत्कालीन उपमहानगपालिका कार्यालयले पटकपटक ताकेता गरे पनि नेसनल मेडिकल कलेजले अटेरी गरी घरजग्गा कर नतिरेको हो । वीरगन्ज महानगरपालिका कार्यालयका अनुसार नेसनल मेडिकल कलेजले तिर्नुपर्ने ९ करोड २ लाख ४७ हजार ९ सय ९६ रुपैयाँ ४३ पैसा घरजग्गाबापतको कर बक्यौता छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *