Sunday , 24 September 2017
Home / आर्थिक / ८८ किलो सुनसहित पक्राउ

८८ किलो सुनसहित पक्राउ

१९ भदौ / खगेन्द्र खरेल
काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको छ ।

यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । एक प्रहरी उच्च अधिकारीका अनुसार यो सुन केरुङ नाकाबाट भित्रिएको आशंका गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *