Monday , 25 September 2017
Home / देश / उपप्रधान तथा परराष्ट्रमन्त्री महरा चीन प्रस्थान

उपप्रधान तथा परराष्ट्रमन्त्री महरा चीन प्रस्थान

२१ भदौ / खगेन्द्र खरेल
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने राजनीतिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्नु भएको छ । चीनमा रहँदा उहाँले उच्च राजनीतिक भेटघाट गर्नु हुनेछ ।

बेइजिङमा उहाँले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटघाट गर्ने कार्यक्रम छ । महराले चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च नेतासँग पनि भेट गर्नुहुनेछ । तर भ्रमणमा कुनै सम्झौता वा समझदारीमा भने हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेइजिङ पछि महरा चीनको ब्यापारिक शहर ग्वाङजाओ जाने र त्यहाँ उहाँले नेपालको भर्खरै स्थापना भएको महाबाणिज्यदूतावास कार्यालयको उ्दघाटन गर्ने कार्यक्रम छ ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *