Tuesday , 17 October 2017
Home / देश / डा. गोविन्द केसी आजदेखि फेरि अनसन बस्दै

डा. गोविन्द केसी आजदेखि फेरि अनसन बस्दै

२१ भदौ / खगेन्द्र खरेल
चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ आ पटक आमरण अनसन बसेका त्रि.वि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी आज (बुधबार)देखि अनसन बस्ने भएका छन् ।

तराईमा आएको बाढीका कारण ११ औ अनसन बीचमै स्थगित गरेका डा. केसीले आज दिउँसो साढे तीन बजेसम्म पनि अाफ्ना माग पूरा नभए अनसन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीले यही भदौ ११ गते प्रेस विज्ञप्ती जारी गरी आफू ११ औ अनसनमा रहँदा नै त्रि.वि कार्यकारी परिषद्ले जालझेल पूर्वक काठमाडौंको घट्टेकुलोस्थितस्थित नेशनल मेडिकल कलेजलाई सम्बन्ध दिएको बताउँदै उक्त सम्बन्धन तत्काल खारेज नभए यही भदौ २१ गतेदेखि अनसन थाल्ने चेतावनी दिएका थिए ।

डा. केसीले त्रि.विका सबै अधिकार फिर्ता गरिनु पर्ने, आफूले दिएको सुझाव तथा माथेमा प्रतिवेदन अनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, त्रिविका उपकुलपति , रेक्टर, रजिष्टार लगायतका कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गरी तत्काल छानबीन तथा कारवाही प्रक्रिया अघि बढाउन माग गरका छन् ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *