Sunday , 24 September 2017
Home / देश / दुर्इ नं. प्रदेशमा मनोनयन दर्ता शान्तिपूर्ण: निर्वाचन आयोग

दुर्इ नं. प्रदेशमा मनोनयन दर्ता शान्तिपूर्ण: निर्वाचन आयोग

२१ भदौ / खगेन्द्र खरेल
निर्वाचन आयोगले २ नं. प्रदेशमा तेस्रो चरणको स्थानीय तह चुनावका लागि बुधबार उम्मेदवार मनोनयन दर्ता उत्साहपूर्ण रुपमा भइरहेको जनाएको छ । प्रदेश नम्बर २ का ८ वटा जिल्लामा रहेका १३६ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेद्वारी मनोनयन दर्ता कार्य उत्साहपूर्णरुपमा भइरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

बुधबार बिहान १० बजेदेखि आठ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुमा उम्मेद्वारी मनोनयन दर्ता गराउन फाराम लिने तथा दर्ता गर्नेहरुको भीड लागेको कार्यालयले जनाएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयनको समय तोकिएको हो ।

साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । यस निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुने छन् ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *