Tuesday , 19 September 2017
Home / विदेश / उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र चीनका विदेशमन्त्री बीच भेट बार्ता

उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र चीनका विदेशमन्त्री बीच भेट बार्ता

 

२२ भदौ / खगेन्द्र खरेल
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र चीनका विदेशमन्त्री वाङ यी बीच बिहीबार बेइजिङमा भेट बार्ता भएको छ । भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा महराले अन्तरदेशीय रेललाई राष्ट्रिय प्राथमिकता दिएर अघि बढाउन नेपालका मुख्य राजनीतिक दलहरु सहमत भएको बताउनुभयो ।

साथै आफू र वाङ यीबीच केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलवेको सम्भाव्यता अध्ययन छिट्टै थाल्नेबारे छलफल भएको महराले बताउनुभयो । साथै वान बेल्ट वान रेड अवधारणा अन्तरगत नेपालमा भौतिक पूर्वाधारका साथै रेलवे र रोडसहित क्रस बोडर कनेक्टिभिटी, व्यापार, पर्यटन र लगानी बृद्धि हुने विश्वास नेपालले लिएको उहाले जनाउनुभयो ।

भेटमा दुई देशबीच उच्चस्तरको भ्रमण आदान प्रदानबारे छलफल भएको उपप्रधानमन्त्री महराले बताउनुभयो । साथै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण र चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनको प्रगतिको पनि समिक्षा भएको छ ।

नेपाल र चीनबीच व्यापार तथा पारबहन सम्झौताको प्रोटोकललाई छिट्टै टुंगाउने सहमति भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सम्झौता भएको थियो । तर, लामो समयसम्म प्रोटोकलमा हस्ताक्षर हुन सकेको छैन ।

दुई देशका विदेशमन्त्रीबीच सीमा नाकाहरुको स्तरोन्नती र नयाँ खोल्ने सहमति पनि भएको छ । नेपाली पक्षले अरनिको राजमार्गलाई छिट्टै सुचारु गर्नु पर्नेमा जोड दिएको छ ।

पत्रकार सम्मेलनमा विदेशमन्त्री वाङ यीले चीनले नेपाललाई उच्चस्तरीय सहयोग गर्न चाहेको बताउनुभयो । साथै उहाले वान बेल्ट वान रोड अवधारणाले नेपालको राष्ट्रिय विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल-चीन सम्बन्धको प्रशंसा गर्ने क्रममा उहाले दुई देशको सम्वन्ध जनताको हृदयको जगबाट बनेको बताउनुभयो ।

Check Also

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

२९ भदौ / खगेन्द्र खरेल अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *