Tuesday , 19 September 2017
Home / आर्थिक / फेरि अर्काे सुनकाण्ड: विमानस्थलमा एक किलो सुनसहित ताइबानी नागरिक पक्राउ

फेरि अर्काे सुनकाण्ड: विमानस्थलमा एक किलो सुनसहित ताइबानी नागरिक पक्राउ

२२ भदौ / खगेन्द्र खरेल
८८ किलो सुन बरामद भएको एक साता नपुग्दै विमानस्थलमा पनि सुन तस्करीमा संलग्न भएको आरोपमा एक बिदेशी पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट काठमाडौं आएका ताइबानी नागरिक चिएचुन चाङलाई एक किलो सुनसहित बुधबार प्रहरीले पक्राउ गरेको हो । झोलाभित्र लुकाएको सुन भन्सारको एक्सरेमा पत्ता लागेको हो ।

भन्सार कार्यालयले चाङमाथि छानबिन अघि बढाएको छ । गत सोमबार प्रहरीले ८८ किलो सुनसहित मनोज अधिकारीलाई पक्राउ गरेको थियो । उक्त सुनका मालिक भनिएका चिनियाँ नागरिक सिया क्विङ भने फरार छन् ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *