Thursday , 19 October 2017
Home / देश / आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने दाहालको घोषणा

आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने दाहालको घोषणा

 

२३ भदौ / खगेन्द्र खरेल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा चितवनबाट चुनाव लड्ने घोषणा गरेका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले गृहजिल्ला चितवनबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले चितवनको भूमिकालाई राष्ट्रिय राजनीतिको अग्रस्थानमा पु¥याउन पनि आफू चितवन आउन लागेको बताए । ‘अध्यक्ष दाहालले चितवनको जुनसुकै क्षेत्रबाट चुनाव लड्न सक्ने भन्दै यहाँका जनताले आफ्नो भुमिका र पार्टीको योगदान बुझ्नेमा विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले आफूले कुन क्षेत्रबाट लड्ने भन्नेबारे नखुलाए पनि क्षेत्र नं.३ बाट लड्ने तयारी रहेको बताइएको छ ।

दाहालले अब देशमा तिव्र गतिमा आर्थिक विकास हुनु जरुरी रहेको भन्दै यसको नेतृत्व नै माओवादीले गर्ने बताए । उनले यसैका लागि आफ्नै गृहजिल्ला आएको बताए । दाहालले चितवन सबै हिसाबले पूर्वाधारयुक्त र संभावना भएको ठाउँ भएकोले जिल्लालाई नै महानगर बनाउनु पर्ने बताए ।

उनले प्रदेश नंं २ को स्थानीय तहको निर्वाचनमा मधेसी जनताले माओवादीलाई भोट हाल्ने दावी गरे । पछिल्लो आफ्नो दश महिने सरकारले गरेको क्रियाकलाप र क्षेत्रीय पार्टीबाट नभई राष्ट्रिय पार्टीबाट मात्रै हकअधिकार स्थापित हुने कुरा मधेसी जनताले बुझेको भन्दै माओवादीप्रति मधेसी जनता आकर्षित भएको बताए ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *