Monday , 25 September 2017
Home / विदेश / भारतमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु

भारतमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु

२३ भदौ / खगेन्द्र खरेल
भारत, उत्तर प्रदेशस्थित महाराजगन्ज जिल्लाको गोरखपुर–सुनौली सडकखन्डमा कार र ट्यांकर एक–आपसमा ठोक्किँदा कारमा सवार ‘सात नेपाली यात्री’को घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार दिउँसो पौने ३ बजेतिर देवपुरचोकमा गोरखपुरबाट सुनौलीतर्फ आइरहेको यूपी५३सीटी ७२०२ नम्बरको भारतीय इन्डिगो कार र सुनौलीबाट गोरखपुरतर्फ गइरहेको यूपी५२सी ४३७७ नम्बरको ट्यांकर एक–आपसमा ठोक्किँदा सात नेपाली यात्रीसहित भारतीय चालकको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका कारचालक जुगौलीस्थित भारतीय नागरिक अब्दुल हफीज रहेको जनाइएको छ । प्रहरीले कारचालकको सनाखत भएको र बाँकी अरु सात यात्री नेपाली रहेकाले सनाखत हुन नसकेको बताएको छ ।

तीव्रगतिमा आएको ट्यांकरले कारलाई ठक्कर दिएको जनाइएको छ । प्रत्यक्षदर्शीहरुले दुर्घटनालगत्तै दुई महिलासहित ट्यांकर चालक र सहचालक ट्यांकर छाडेर भागेको बताएका छन् । प्रहरीले उनीहरुको खोजीकार्य तीव्र पारेको जनाइएको छ ।

Check Also

नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लीन छ – राष्ट्रसंघ महासभामा प्रधानमन्त्री देउवा

  ८ असोज / खगेन्द्र खरेल प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षौंसम्मको राजनीतिक संक्रमणपछि नेपाल अहिले समृद्धिको ...