Sunday , 24 September 2017
Home / देश / राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेतामा बोहोरा सर्वसम्मत

राप्रपा प्रजातान्त्रिक संसदीय दलको नेतामा बोहोरा सर्वसम्मत

२५ भदौ / खगेन्द्र खरेल
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) संसदीय दलको नेतामा दीपक बोहोरा सर्वसम्मत चयन भएका छन्। अध्यक्ष पशुपतिसम्सेशर राणाको प्रस्तावमा बोहोरा सर्वसम्मत चयन भएका हुन्। संसदीय दल उपनेतामा विक्रम पाण्डे चयन भएका छन्।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्र पार्टीबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकलाई संसदीय दलको नेता चयनसँगै सरकारमा जाने बाटो खुलेको छ। राप्रपा प्रजातान्त्रिक संसदीय दलका नेता बोहोराकाे नेतृत्वमा सरकारमा सहभागी हुनेछ।

राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बन्ने सूचिमा संसदीय दलका नेता दीपक बोहोरा, उपनेता विक्रम पाण्डे एवं रामकुमार सुब्बा र सुनिल थापाको नाम छ। प्रधानमन्त्रीले तीन जनाको नाम दिन भने पनि राप्रपाको आन्तरिक समीकरण मिलाउन चार जनालाई मन्त्री बनाउनुपर्ने भएपछि प्रधानमन्त्री समक्ष नाम पठाउन ढिलाइ भइरहेको छ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *