Thursday , 19 October 2017
Home / देश / वडाध्यक्ष नभएको अवस्थामा सदस्यमध्ये एक कार्यबाहक अध्यक्ष हुने व्यवस्था गर्न निर्देशन

वडाध्यक्ष नभएको अवस्थामा सदस्यमध्ये एक कार्यबाहक अध्यक्ष हुने व्यवस्था गर्न निर्देशन

२५ भदौ / खगेन्द्र खरेल
व्यवस्थापिका–संसदको विकास समितिको बैठकले स्थानीय तहमा वडाध्यक्ष नभएको अवस्थामा सदस्यमध्ये एकले कार्यबाहक अध्यक्ष भएर काम गर्नसक्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । अर्को निर्वाचन नभएसम्मका लागि कार्यबाहकका रुपमा काम गर्नसक्ने व्यवस्था मिलाउन समितिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले स्थानीय तहको शासन सन्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनमा छलफल गरेपछि यस्तो निर्देसन दिएको हो ।

त्यसैगरी, सानातिना काम एवं परियोजनाहरु स्थानीय तहमार्फत् गर्न सकिने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ । उपसमितिले पेस गरेको प्रतिवेदनमा फेरि छलफल गरी संसदमा पठाइने समितिले जनाएको छ ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *