Sunday , 24 September 2017
Home / आर्थिक / ​रियाल, दिनार, दिर्हाम लगायतका विदेशी मुद्रा कमजोर

​रियाल, दिनार, दिर्हाम लगायतका विदेशी मुद्रा कमजोर

 

२५ भदौ / खगेन्द्र खरेल
नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १३ पैसा र विक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७० पैसा र विक्रिदर २७ रुपैयाँ ८७ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ २६ पैसा र विक्रिदर २४ रुपैयाँ ४० रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ र विक्रिदर ९ रुपैयाँ ०६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ १२ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ११ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ६९ रुपैयाँ ८४ पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ ४३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *