Sunday , 24 September 2017
Home / खेलकुद / थाइल्याण्ड माथि नेपालको शानदार जित, सन्दिपले लिए ७ विकेट: मात्र २६ रनमा समेटियो थाइल्याण्ड

थाइल्याण्ड माथि नेपालको शानदार जित, सन्दिपले लिए ७ विकेट: मात्र २६ रनमा समेटियो थाइल्याण्ड

२६ भदौ / खगेन्द्र खरेल
एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालले थाइल्यान्डलाई दुई सय ५५ रनले हराएको छ। मलेसियाको क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि कमजोर मानिएको थाइल्याण्ड १० ओभरमा मात्र २६ रनमा समेटियो।

थाइल्याण्डलाइ सस्तैमा रोक्ने क्रममा सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै एक मेडनसहित ६ रन खर्चिएर ७ विकेट लिए। थप तीन विकेट कप्तान दीपेन्द्र सिंह ऐरी, नन्दन यादव र किशोर महतोले लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो। मध्यम सुरुवात गरेको नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ९१ रन बनाए। सतक बनाउन ९ रनले चुकेका उनले ७४ बलमा ६ चौका र ५ छक्का हिर्काएका थिए।

यस्तै प्रनित थापामगरले अर्धशतकीय योगदान गरे। उनले ६१ बल खेलेर ५० रन बनाए। रोहित पौडेलले २८ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले ३२ बल खेलेर २२ रनमा आउट भए। ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए। अर्का ओपनर सन्दीप सुनारले ३२ रनको योगदान गरे। पवन शर्राफ २२ र किशोर महतो २ रनमा अविजित रहे।

प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले अब सिंगापुर र भुटान विरुद्ध खेल्नेछ। समूह ‘बी’ मा मलेसिया, हङकङ, चीन र म्यानमार छन्। नेपालको बुधबार भुटानसँग र बिहीबार सिंगापुरसँग खेल हुनेछ। समूहबाट शीर्ष स्थान बनाउने दुई टोलीले यू–१९ एसिया कपमा छनोट हुन पाउनेछन्।

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *