Sunday , 24 September 2017
Home / खेलकुद / मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित

मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित

२६ भदौ / खगेन्द्र खरेल
जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएकी छन् । पल्सर स्पोर्ट्स अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै उनी उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन् ।

यो अवार्डका लागि मनितासँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली मनोनयनमा परेकी थिइन् । मनिताले ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।

यस्तै एथलेटिक्सका पुष्पराज ओझा वर्षका उत्कृष्ट प्रशिक्षक बनेका छन् । यो अवार्डका लागि ओझासँगै फुटबलका ग्योतोकु कोजी र मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टन किरण थापा मनोनयनमा परेका थिए ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *