Sunday , 24 September 2017
Home / देश / घोप्टेभिरमा बस दुर्घटना, ३१ जना घाइते

घोप्टेभिरमा बस दुर्घटना, ३१ जना घाइते

२७ भदौ / खगेन्द्र खरेल
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारस्थित घोप्टेभिरमा यात्रुबाहक बस दुर्घटना हुदाँ ३१ जना घाईते भएका छन् ।
घाईते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

काठमाडौंबाट नवलपरासीको त्रिवेणी जाँदै गरेको बस सोमबार राती २ बजे तीब्र गतिका कारण आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा ४४ यात्रु सवार थिए । १३ जना यात्रु भने सकुशल छन् । रासस

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *