Tuesday , 19 September 2017
Home / देश / देशलाई साम्प्रदायिक द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको छ- ओली

देशलाई साम्प्रदायिक द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको छ- ओली

२८ भदौ / खगेन्द्र खरेल
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई एमाले ललितपुर क्षेत्र नं ३ को राहत संकलन समितिका संयोजक रघुनाथ महर्जनसहितको टोलीले रु तीन लाख २५ हजार ७८० बुझाएको छ ।

ओली निवास बालकोटमा पुगेर टोलीले एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको प्राकृतिक विपत्ति कोषको खातामा जम्मा गर्ने गरी बाढीपीडितका लागि सो रकम हस्तान्तरण गरेको हो ।

रकम बुझ्दै एमाले अध्यक्ष ओलीले नेपालको जातीय विविधता, भाषिक र साँस्कृतिक विविधतामाथि खेलबाड गरेर देशलाई साम्प्रदायिक द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको बताउँदै द्वन्द्वका पक्षमा रहेकाहरुलाई जनताले निर्वाचनमार्फत परास्त गर्ने जिकिर गर्नुभयो । रासस

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *