Tuesday , 17 October 2017
Home / देश / सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस

सर्वोच्चको न्यायाधीशका लागि तीन नाम सिफारिस

२८ भदौ / खगेन्द्र खरेल
सर्वोच्च अदालतका न्यायाधीशका लागि तीन न्यायाधीशको नाम सिफारिस भएको छ । न्याय परिषदको बुधबार बसेको बैठकले उच्च अदालतका तीन न्यायाधीशलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो ।

सर्वोच्चको न्यायाधीशका लागि सिफारिस हुनेहरुमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमबहादुर श्रेष्ठ, सुर्खेतका मुख्य न्यायाधीश डम्बरहादुर शाही र पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तान छन् ।

न्याय परिषदको बुधबारको बैठकले जिल्ला अदालतका १९७ न्यायाधीशको सरुवा पनि गरेको छ ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *