Sunday , 22 October 2017
Home / खेलकुद / एसीसी यू-१९ क्रिकेट: नेपालको लगातार तेस्रो जित,सिंगापुर पराजित,नेपाल सेमिफ़ाइनल्मा प्रवेश

एसीसी यू-१९ क्रिकेट: नेपालको लगातार तेस्रो जित,सिंगापुर पराजित,नेपाल सेमिफ़ाइनल्मा प्रवेश

२९ भदौ / खगेन्द्र खरेल
एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ । समुहको अन्तिम खेलमा आज बिहान सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा अर्को समूहको उपविजेताको सामना गर्नेछ ।

मलेसियामा आज बिहान सिंगापुरले दिएको ६८ रनको सामान्य चुनौती नेपालले १४ औं ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि सन्दिप सुनारले २० रन तथा अनिल कुमार साहले १८ रन जोडे । यसअघि पहिले व्याटिङ गरेको सिंगापुरका खेलाडीहरुले २९ औं ओभरमा अलआउट हुनुपुर्व ६७ रन मात्रै बनाउन सके ।

सिंगापुरका लागि आर्यमान सुनिल र सिद्धान्तले २०÷२० रन बनाए । किफायती बलिङ गरेका नेपालका पवन शर्राफले ६ विकेट लिए । यसैगरी किशोर महतोेले २ विकेट झार्दा कप्तान दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले १-१ विकेट लिए ।

८ राष्ट्र सहभागी एसीसी युथ नाइन्टिन क्रिकेट पुर्वी क्षेत्रबाट छनोट हुने दुई टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *