Monday , 25 September 2017
Home / देश / निर्वाचन खर्च व्यावहारिक र स्वभाविक हुनेगरी निर्धारण गर्न आयोगलाई सुझाव: १४ लाख तोक्ने आयोगको तयारी

निर्वाचन खर्च व्यावहारिक र स्वभाविक हुनेगरी निर्धारण गर्न आयोगलाई सुझाव: १४ लाख तोक्ने आयोगको तयारी

२९ भदौ / खगेन्द्र खरेल
राजनीतिक दलहरूले आगामी प्रदेश सभा र प्रतिनिधि सभामा निर्वाचन खर्च व्यावहारिक र स्वभाविक हुनेगरी निर्धारण गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । राजनीतिक दलहरूले निर्वाचन खर्च बढाउने पक्षमा आफूहरू नरहेको पनि स्पष्ट पारेका छन् ।

बिहिबार निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको खर्च निर्धारणको विषयमा सुझाव लिन आयोजना गरेको छलफल कार्यक्रममा दलहरुले एस्तो सुझाव दिएका हुन् ।

निर्वाचन आयोगले भने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारका लागि १४ लाख रुपैयाँ खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रति मतदातासँग हुने खर्चलाई बजार मूल्यसँग समायोजना र मुद्रा स्फीतिलाई मूल आधार बनाएर प्रस्तावित निर्वाचन खर्च तय गरिएको स्पष्ट पार्नुभयो ।

निर्वाचन आयोगले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फका उम्मेदवारले १० खर्च गर्न पाउने व्यवस्था गरेको थियो । आगामी मंसिर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । आयोगले प्रदेश सभा र प्रतिनिधि निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *