Monday , 25 September 2017
Home / देश / थवाङ गाउँपालिकाका अध्यक्ष सम्पर्क विहीन

थवाङ गाउँपालिकाका अध्यक्ष सम्पर्क विहीन

३० भदौ / खगेन्द्र खरेल
रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति करिब ११ बजेदेखि सम्पर्क विहीन भएका छन् । सुतिरहेको बेला उनको अपहरण भएको प्रहरीले पुष्टी गरेको छ । रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै घर्तीको खोजी कार्य जारी रहेको बताए ।

वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका स्थानीय नेता हुन् । शनिबार आयोजित थवाङमा गाउँसभा उदघाटनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जाने कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले अपहरण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उवा घर भएका घर्ती थवाङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनले, कांग्रेस, एमाले, विप्लव नेतृत्वको नेकपा लगायत दलको गठबन्धनलाई पराजित गरेका थिए ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *