Sunday , 24 September 2017
Home / देश / नेतृत्व तहमा नेपाली महिलाको उपस्थिति विश्वकै लागि अनुकरणीय : राष्ट्रपति भण्डारी

नेतृत्व तहमा नेपाली महिलाको उपस्थिति विश्वकै लागि अनुकरणीय : राष्ट्रपति भण्डारी

३० भदौ / खगेन्द्र खरेल
राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको नेतृत्वमा नेपाली महिलाको उपस्थितिलाई आफूले ठूलै क्रान्तिका रुपमा लिएको बताउनु भएको छ । पत्रकार मञ्जु कार्कीले निर्माण गरेको नेपाली महिलाहरुको संघर्ष र सफलता सम्बन्धी वृत्तचित्रको शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गर्दै उहाले राज्यको नेतृत्व तहमा नेपाली महिलाको उपस्थिति विश्वकै लागि अनुकरणीय रहेको बताउनुभयो ।

२०७२ साल नेपाली महिलाका लागि सुखद् रहेको भन्दै उहाले एक वर्षभित्र राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको नेतृत्व तहमा तीनजना महिलाले नेतृत्व गर्न पाएको उल्लेख गर्नुभयो ।

वृत्तचित्र हेरेपछि सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनसँगै नेपाली महिलाले मुक्ति पाउने विश्वास व्यक्त गर्नुभयो ।

निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले नेपाली महिलाहरु उच्च तहमा पुग्नु सकारात्मक भएपनि परिवर्तनको अनुभूति ग्रामीण क्षेत्रका महिलासम्म पुर्‍याउन सक्नु पर्नेमा जोड दिनुभयो ।

वृत्तचित्रमा पुरुषप्रधान नेपाली समाज, महिलामाथि पुरुषले गरेको थिचोमिचो, सतिप्रथा, महिला अधिकार र भोग्नुपरेका समस्यालाई उजागर गरिएको छ । त्यसैगरी, २०४६ सालपछि भएका परिवर्तनलाई पनि वृत्तचित्रमा समेटिएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *