Sunday , 24 September 2017
Home / खेलकुद / नेपालद्वारा मलेसिया १० विकेटले पराजित:नेपाल फाइनलमा प्रवेश:एसिया कपमा छानियो

नेपालद्वारा मलेसिया १० विकेटले पराजित:नेपाल फाइनलमा प्रवेश:एसिया कपमा छानियो

३१ भदौ / खगेन्द्र खरेल
एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेटअन्तर्गत पूर्वी क्षेत्रको छनोट अन्तर्गतको सेमिफाइनलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । मलेसियामा जारी छनोट प्रतियोगितामा घरेलु टोलीलाई फराकिलो अन्तरले हराएर फाइनल पुगे सँगै नेपाल एसीसी अन्डर नाइन्टिन एसिया कपका लागि छनोट भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले प्रस्तुत गरेको १२२ रनको बिजयी लक्ष्य नेपालले २३ दशमलब ओभरमा बिना कुनै विकेटको क्षतिमा पुरा ग¥यो । नेपालकालागी ओपनर सन्दिप सुनार र आसिफ शेख दुबैले अर्ध सतक पुरा गरे ।

७७ बल खेलेका सन्दिपले ८ चौकाको मद्धतमा ५१ रन जोड्दा आसिफ शेखले ८ चौका र १ छक्का प्रहार गर्दै ६५ बलमा ५० रन बनाए । खेलमा यसअघी टस जितेर पहिले बलिङ गरेको नेपालले ४२ ओभरमा मलेसियालाई १ सय २१ रनमा अल आउट गरेको थियो ।

राम्रो सुरुवात गरेको मलेसियालाई सामान्य योगफलमा सिमित गर्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । पवन सर्राफले २ तथा रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक–एक विकेट लिए ।

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *