Sunday , 24 September 2017
Home / खेलकुद / नेपाल यू-१९ एसिया कपका लागि छनोट, हङकङलाइ ५ विकेटले पराजित गर्दै नेपालले उपाधि चुम्यो

नेपाल यू-१९ एसिया कपका लागि छनोट, हङकङलाइ ५ विकेटले पराजित गर्दै नेपालले उपाधि चुम्यो

१ असोज / खगेन्द्र खरेल
एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेट अन्तर्गत पूर्वी क्षेत्रको छनोटको उपाधि नेपालले जितेको छ । मलेसियाको किन्रारा मैदानमा आज भएको फाइनलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमाएको हो ।

हङकङले प्रस्तुत गरेको ७७ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले २२ तथा प्रनित थापा मगरले अविजित १९ रनको योगदान दिए ।

यस, टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ३२ ओभरमा अलआउट हुंदै ७६ रनको योगफल बनाएको थियो । हङकङका लागि हरप्रित सिंहले सर्वाधिक २० रन बनाए ।

नेपालका साहब आलम तथा सन्दीप लामिछानेले समान ३ विकेट लिंदा कप्तान ऐरी र अनिल कुमार शाहले १,१ विकेट लिए । यो उपाधिसँगै नेपाल एसीसी अन्डर नाइन्टिन एसिया कपका लागि छनोट भएको छ ।

 

Check Also

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *