Tuesday , 19 September 2017
Home / खेलकुद / म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल र बर्नले बराबरीमा

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल र बर्नले बराबरीमा

१ असोज / खगेन्द्र खरेल
इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटीले वाट्फोर्टलाई ६–० गोलले पराजित गरेको हो ।

सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गरे । यस्तै गाब्रियल जिसस, निकोलस ओटामेन्डी र रहिम स्ट्रर्लिङले एक–एक गोल गरे । जितपछि पाँच खेलबाट १३ अंकसहित सिटी शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १० अंकसहित दोस्रो स्थानमा छ ।

राति भएका अन्य खेलमा साउथ ह्याम्पटनले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ भने न्यूक्यासल युनाइटेडले स्टोक सिटीलाई २–१ ले हराएको छ ।
त्यसैगरी टोटनह्याम हट्सपर र स्वान्सी सिटी, वेस्टब्रोम र वेस्टह्याम युनाइटेडले गोलरहीत बराबरीमा खेलेका छन् । त्यस्तै लिभरपुल र बर्नले तथा हडल्सफिल्ड र लेस्टर सिटीले पनि समान १–१ को बराबरी खेलेका छन् ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत आज हुने खेलमा चेल्सी र आर्सनल तथा म्यानचेस्टर युनाइटेड र एभर्टन भिड्ने छन् ।

उता स्पेनिस लिगामा बार्सिलोनाले गेताफेलाइ दुइ एकले हराएको छ । हिजै सम्पन्न अन्य खेलमा एथलेटिको म्याड्रिडले मलागालाई एक सुन्यले हराउदा रियल बेटिसले डेपोटिभो लाकुरोनालाइ एक सुन्यले नै पराजित गर्यो । दिनको पहिलो खेलमा लेभान्ते र भ्यालेन्सियाले एक एकको बराबरी खेलेका थिए ।

ला लिगामा आज रियल म्याड्रिडले रियल सोसीडाडको सामना गर्दै छ भने सेभिल्लाले गिरोनाको चुनौती स्विकार्ने छ ।

Check Also

नेपाल यू-१९ एसिया कपका लागि छनोट, हङकङलाइ ५ विकेटले पराजित गर्दै नेपालले उपाधि चुम्यो

१ असोज / खगेन्द्र खरेल एसीसी अन्डर-नाइन्टिन एसिया कप क्रिकेट अन्तर्गत पूर्वी क्षेत्रको छनोटको उपाधि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *