Sunday , 22 October 2017
Home / देश / प्रदेश नम्बर २ मा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन जारी

प्रदेश नम्बर २ मा शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन जारी

 

२ असोज / खगेन्द्र खरेल
प्रदेश नम्बर २ मा आज शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ । आठवटै जिल्लाका १३६ स्थानीय तहमा तेस्रो चरणमा स्थानीय तहको चुनाव भइरहेको छ ।

मतदाताहरु उल्लासपूर्वक बिहानैदेखि लामवद्ध भएर मत खसालिरहेका छन् । सर्लाहीको हर्कटवा जनता स्कुलबाट ११६ बर्षिय भैरवबहादुर दमाईले पनि मतदान गरेका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । मुख्य निर्वाचन आयुक्त अयोधी प्रसाद यादवसहित बिभिन्न राजनीतिक दलका नेताहरुले पनि आआफ्नो मतदान केन्द्रबाट तदान गरेका छन् ।

मुख्य निर्वाचन आयुक्त यादवले सप्तरीको राजविराज नगरपालिका २ को आधारभूत विद्यालयबाट मतदान गरेका छन् । मतदानपछि पत्रकारसँग कुरा गर्दै उनले २ नम्बर प्रदेशका लागि ऐतिहासिक अवसर भन्दै उत्साहकासाथ मतदानमा सहभागी हुन अपिल गरे ।

यसैगरी कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका २ को राजेश्वर उच्चमावि केन्द्रबाट मतदान गरेका छन् । एमाले नेता माधव कुमार नेपालले रौतहटको गौर नगरपालिका ३ को रामजानकी कन्या प्रावि केन्द्रबाट मतदान गरेका छन् ।

माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले धनुषाको सबैलास्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रदेश नम्बर २ मा उत्साहपूर्वक स्थानीय तह चुनाव भइरहे पनि राजपा अध्यक्ष महन्थ ठाकुर भने मतदानमा सहभागी हुन पाएनन् । स्वास्थ्यमा समस्या आएका कारण उनी गएराति नै काठमाडौं फर्किएका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका २ स्थित दुर्गाखोभारी जनता उच्चमाविबाट, राजपाकै नेता शरतसिंह भण्डारीले महोत्तरीको औरही नपाको औरही मावि केन्द्रबाट मतदान गरेका छन् ।

प्रदेश नम्बर २ का ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्धारित समय बिहान ७ बजेदेखि नै शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । मतदान साँझ पाँच बजेसम्म जारी रहनेछ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *