Tuesday , 17 October 2017
Home / देश / प्रदेश २ मा नेपाली काँग्रेसको अग्रता

प्रदेश २ मा नेपाली काँग्रेसको अग्रता

३ असोज / खगेन्द्र खरेल
प्रदेश २ मा सोमबार भएको मतदानको प्रारम्भिक मतपरिणाम आउन थालेका छन्। मतगणना भइरहेका सिरहा, रौतहट, सर्लाही, धनुषाको प्रारम्भिक मतपरिणाम आउँदा सत्तारुढ काँग्रेस सबैभन्दा अगाडि देखिएको हो। मतगणना भइरहेकामध्ये १२ स्थानीय तहका मेयरमा काँग्रेसले अग्रता लिइरहेको छ। उपमेयरमा १३ ठाउँमा काँग्रेसको अग्रता छ।

एमाले काँग्रेसभन्दा झन्डै आधा कम ७ स्थानमा अगाडि रहेको छ भने राजपाले ५ स्थानमा अग्रता लिइरहेको छ। केही ठाउँहरुमा स्वतन्त्र उम्मेदवारले समेत अग्रता लिइरहेका छन्।

दुई नं प्रदेशको मुख्य सहरहरु वीरगन्ज, जनकपुरको मतपरिणाम आउने क्रममा छ। तराईका आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार निर्वाचन भएको थियो।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *