Thursday , 19 October 2017
Home / देश / मन्त्रिपरिषद विस्तारको निर्णय सच्याउन निर्वाचन आयोगको आग्रह

मन्त्रिपरिषद विस्तारको निर्णय सच्याउन निर्वाचन आयोगको आग्रह

३ असोज / खगेन्द्र खरेल
निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ । नेपाल सरकारको असोज २ गते दुई राज्यमन्त्री थप गरी मन्त्रिपरिषद विस्तार गर्ने कार्यले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुन्ठित हुने आयोगले ठहर गरेको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ–‘आचारसंहिता जारी भइसकेपछि भएको सरकारको मन्त्रिपरिषद विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुन्ठित हुने, राज्यका संवैधानिक निकायबीच संवैधानिक दायित्वबमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अवमूल्यन हुने र निर्वाचन आचारसंहिता प्रतिकूलसमेत हुने भएकोले मन्त्रिपरिषद विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आयोग सरकारसँग आग्रह गर्दछ ।’

यसअघि गत भदौ २६ गते पनि आयोगले मन्त्रिपरिषद विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्नसक्ने जनाउँदै यस किसिमका कार्य नगर्न/नगराउन सरकारसँग आग्रह गरेको थियो । रासस

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *