Thursday , 19 October 2017
Home / विदेश / आणविक हतियारको रोकथाम गर्न नेपाल सहमत

आणविक हतियारको रोकथाम गर्न नेपाल सहमत

 

५ असोज / खगेन्द्र खरेल
नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गर्नुभयो ।

सोही अवसरमा उहाँ असंलग्न अन्दोलनमा सहभागी मुलुकका ९ जि ७७० मन्त्रिस्तरीय बैठकमा सहभागी हुनुभयो । उक्त बैठकको उद्देश्य ‘अन्तर्राष्ट्रिय कानून तथा मानव अधिकारको उल्लंघनमा सर्वसम्मत अनिवार्यताको मापन’ रहेको छ ।

बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले असंलग्न आन्दोलनमा नेपालको आधिकारिक धारणा प्रस्तुत गर्दै विश्वमा देखिएका मतभिन्नतालाई वार्तामार्फत सुल्झाउनुपर्ने बताउनुभयो ।

नेपालको अफ्रिकी मुलुक नाइजरसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ । परराष्ट्रमन्त्री महरा र नाइजरका विदेशमन्त्री इब्राहिम याकुबुले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । योसँगै नेपालले विश्वका १५१ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

यसै अवसरमा परराष्ट्रमन्त्री महराले ओमानका विदेशमन्त्री युसुफ विन अलावी विन अब्दुलाहसँग भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासभाकै क्रममा उहाँसंग बेलायतका एशिया प्रशान्त हेर्ने राज्यमन्त्री मार्क फिल्डले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा द्विपक्षीय चासो र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासभामा भाग लिन आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वका विभिन्न मुलुकका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । रासस

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *