Sunday , 22 October 2017
Home / खेलकुद / भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

भारतसग अस्ट्रेलिया लगातार दोस्रो एक दिवसीयमा पनि पराजित:कुलदिप यादवद्वारा ह्याट्रिक

५ असोज / खगेन्द्र खरेल
भारत भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार दोस्रो एक दिवसीय क्रिकेटमा पनि पराजय बेहोरेको छ । जित सगै पांच म्याचको सिरिजमा भारतले दुइ सुन्यको अग्रता लिएको छ । कोलकत्तामा भारतले दिएको २ सय ५३ रनको लक्ष पछ्याएको पाहुना टोलि मात्र २ सय २ रन बनाएर अल आउट भए पछि भारतले ५० रनले खेल जितेको हो ।

भारतको जितमा नायक रहे कुलदिप यादव उनले ३३औ ओभरमा लगातार ३ विकेट लिएर ह्याट्रिक गरेपछि अस्ट्रेलियाको जितको बाटो रोकेका थिए । ३२ ओभरमा ५ विकेट गुमाएर एक सय ४८ रन बनाएको अस्ट्रेलिया ३३ औ ओभरमा तिन विकेट गुमाए पछि सम्हालिन सकेन । भारतको लागि एकदिवशीय क्रिकेटमा ह्याट्रिक लिने यादव तेस्रो खेलाडी बनेका छन् । यस अघि कपिल देव र चेतन शर्माले एकदिवशिय क्रिकेटमा भारतका लागि ह्याट्रिक गरिसकेका छन् ।

अस्ट्रेलियाको लागि कप्तान स्मिथले ५९ तथा मार्कोस स्टोनिसले नट आउट ६२ रन बनाउन बाहेक अन्य खेलाडीको खासै योगदान रहेन । यस अघि टस जितेर पहिले ब्याटिंग गरेको भारतले कप्तान बिराट कोहलीको ९२ तथा रहानेको ५५ रनको मद्दतमा २ सय ५२ रन बनाएको थियो ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *