Thursday , 19 October 2017
Home / खेलकुद / स्पेनिस ला लिगामा रियल बेटिससँग रियल मड्रिड पराजित:रोनाल्डोको पहिलो खेलमा निराशाजनक नतिजा

स्पेनिस ला लिगामा रियल बेटिससँग रियल मड्रिड पराजित:रोनाल्डोको पहिलो खेलमा निराशाजनक नतिजा

 

५ असोज / खगेन्द्र खरेल
स्पेनिस ला लिगा फुटबलमा बुधबार राती भएको खेलमा रियल मड्रिड पराजित भएको छ । यो सिजन खराव प्रदर्शन गरिरहेको च्याम्पियन रियल मड्रिड गएराति भएको खेलमा बेटिससँग १–० ले पराजित भयो ।

घरेलु मैदान बर्नाबेउमा भएको खेलको इन्जुरी समयको अन्तिम मिनेटमा बेटिसका २१ वर्षे खेलाडी सानाब्रयाले गोल गर्दै रियल मड्रिडलाई पराजित गरेका हुन् । घरेलु मैदानमा जिनेदिन जिदानको टिम रियल मड्रिडले गोल गर्ने राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेको थिएन । जारी सिजनमा पांच खेलको प्रतिबन्ध पछि रोनाल्डो पहिलो पल्ट मैदान भित्रिएका थिए ।

हारपछि युरोपियन च्याम्पियन रियल मड्रिड ला–लिगामा शीर्ष स्थानको बार्सिलोना भन्दा सात अंकले पछि परेको छ । रियलको पाँच खेलबाट मात्रै ८ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको १५ अंक छ ।

लिगअन्तर्गत गएराति नै भएको खेलमा एथ्लेटिको बिल्बाओलाई २-१ ले हराएको एथ्लेटिको मड्रिड पाँच खेलबाट ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । अर्को खेलमा लास पालमसलाई १-० ले हराएको सेभिल्ला पाँच खेलबाट १३ अंकसहित दोस्रो स्थानमा कायम छ । यस्तै डिप्रोटिभो डि लाकोरुनाले एलाभेसलाई १-० ले हरायो भने लेगानेस र गिरोनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *