Thursday , 19 October 2017
Home / देश / एमाले केन्द्रीय बैठक आजदेखि

एमाले केन्द्रीय बैठक आजदेखि

६ असोज / खगेन्द्र खरेल
नेकपा (एमाले) को आठौ केन्द्रीय कमिटीको बैठक आजदेखि शुरु हुँदैछ । अहिले ११ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बैठक शुरु हुने एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

तीनदिनसम्म चल्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा, प्रदेश र केन्द्रीय निर्वाचन र समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुनेछ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूचीसमेत रहेको छ । उहाँले बैठक केन्द्र र प्रदेश निर्वाचनमा केन्द्रित हुँदै दुवै निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डसमेत बनाउने बताउनुभयो ।

एमाले केन्द्रीय कमिटी बैठक लामो समयदेखि शीर्ष नेताको समय अभावका कारण बस्न सकेको थिएन ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *