Sunday , 22 October 2017
Home / Uncategorized / पोखराका बुद्ध लामा बने पहिलो ‘नेपाल आइडल’

पोखराका बुद्ध लामा बने पहिलो ‘नेपाल आइडल’

७ असोज / खगेन्द्र खरेल
प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्।

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।

Check Also

एमाले, माओवादी र नयाँशक्तिको पत्रकार सम्मेलन:यस्तो छ एमाले, माओवादी र नयाँशक्तिबीच एकताको सहमति

असोज १७ / खगेन्द्र खरेल एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *