Monday , 23 October 2017
Home / खेलकुद / अस्ट्रेलियाविरुद्ध भारतको लगातार तेस्रो जित:सिरिजमा कब्जा

अस्ट्रेलियाविरुद्ध भारतको लगातार तेस्रो जित:सिरिजमा कब्जा

 

८ असोज / खगेन्द्र खरेल
भारतले लगातार तेस्रो खेल जित्दै अस्ट्रेलियासँग ५ एक दिवसीय श्रृखला कब्जा जमाएको छ। आइतबार अष्ट्रेलियालाई ५ विकेटले हराएको भारतले पाँच एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिएको छ ।

२ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले ५ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा १३ बलअघि नै जित हासिल गरेको हो। भारतका लागि रोहित शर्मा र अजिन्के रहाणेले राम्रो सुरूआत दिलाए पछि जितको ठोस आधार तयार भएको थियो । त्यस पछि हार्दिक पंड्याले सानदार ७८ रन बनाए पछि जित सहज बनेको हो । रोहित शर्माले ७१ तथा रहाणेले ७० रन बनाए ।

यस अघि स्टिभ स्थिमले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका थिए। ओपनर आरोन फिन्चको शतक र कप्तान स्थिमको अर्थशतकको मद्दतमा अस्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ९३ रन बनाएको थियो ।

फिन्चले १ सय २४ रन बनाएका थिए । स्थिमले ६३ रन बनाए । डेभिड वार्नले ४२ र मार्कुस स्टोनिसले २७ रन बनाएका थिए । भारतका लागि जस्प्रित बुम्राह, कलुदीप यादवले समान २ तथा हार्दिक पाण्डेय र युजवेन्द्र चाहालले समान १-१ विकेट लिए ।

३-० ले सिरिज जिते पछि भारत एक दिवशीय रैंकिंगमा शिर्ष स्थानमा पुगेको छ । जारी सिरिज जिते सगै भारतले लगातार ६ एकदिवशीय सिरिज जितेको छ । भारतले जिंबाब्वे, न्यूजीलैंड, इंग्लैंड, वेस्टइंडीज, श्रीलंका र अहिले अस्ट्रेलियालाइ सिकार गरेको छ ।

 

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *