Thursday , 19 October 2017
Home / देश / केन्द्र र सबै प्रदेशमा सरकारको नेतृत्व गर्ने एमालेको संकल्प

केन्द्र र सबै प्रदेशमा सरकारको नेतृत्व गर्ने एमालेको संकल्प

८ अशोज / खगेन्द्र खरेल
आगामी निर्वाचनमा केन्द्र र सबै सात प्रदेशमा सरकारको नेतृत्व गर्ने संकल्पसहित एमाले केन्द्रीय कमिटी बैठक आइतवार सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरुका प्रश्नको जवाफ दिएर राजनीतिक प्रतिवेदन पारित भएपछि बैठक सम्पन्न भएको हो । बैठकले बिभिन्न विषयमा १४ बुँदे निर्णय गरेको छ ।

एमालेले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने मापदण्ड समेत तय गरेको छ । उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिने गरी निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय समेत गरेको छ ।

एमालेका प्रादेशिक निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रतिनिधिसभाका क्षेत्रीय निर्वाचन कमिटीहरुले बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्नु पर्नेछ । सकेसम्म क्षेत्रीय कमिटीबाटै सर्वसम्मत रुपमा एकजनाको नाम सिफारिस गर्न प्रोत्साहन गरिएका प्रचार बिभाग उपप्रमुख सूर्य थापाले बताए ।

प्रदेशबाट सिफारिस भएका नामका आधारमा स्थायी कमिटीले उम्मेदवार तोक्नेछ । एमालेका सबै प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको छ ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *