Thursday , 19 October 2017
Home / देश / जनकपुर उपमहानगरपालिकामा राजपाको फराकिलो जीत

जनकपुर उपमहानगरपालिकामा राजपाको फराकिलो जीत

८ अशोज / खगेन्द्र खरेल

जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ । राजपाका प्रमुखका उम्मेदवार लालकिशोर साह २१ हजार ९०३ र उपप्रमुखमा रीता झा १७ हजार १४७ मत ल्याई विजयी भएका छन् ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका मनोजकुमार साहले ११ हजार १६४ र काँग्रेसकी नीलम कर्णले १० हजार ६०५ मत ल्याए ।

उपमहानगरपालिकामा रहेका २५ वडामध्ये राजपाले १२ वटा वडा, काँग्रेसले सात वडा, संघीय समाजावादी फोरम नेपालले तीन, नेकपा एमालेले दुई र स्वतन्त्र उम्मेदवार एक वडामा विजयी भएका छन् । (रासस) जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *