Tuesday , 17 October 2017
Home / खेलकुद / स्पेनिस लिगामा बार्सिलोना र रियल म्याड्रिड दुवै बिजयी:इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी शिर्ष स्थानमा

स्पेनिस लिगामा बार्सिलोना र रियल म्याड्रिड दुवै बिजयी:इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी शिर्ष स्थानमा

 

८ अशोज / खगेन्द्र खरेल
स्पेनिस लिगामा बार्सिलोना र रियल म्याड्रिड दुवै बिजयी भएका छन् । लिगअन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा ३-० गोलले हरायो । बार्सिलोनाको यो लगातार छैटौं जित हो ।

बार्सिलोनालाई जिताउन लुइस स्वारेजले गोल गरे । ला लिगामा उनको यो एक सयौं खेल हो र सयौं खेलमा उनले गोल गरे । दुई गोल भने बार्सिलोनाले आत्मघाती उपहारको रुपमा पायो । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ ।

दिनको अन्य खेलमा एथलेटिको म्याड्रिडले सेभिल्लालाइ दुइ सुन्यले पराजित गर्यो भने रियल म्याड्रिडले अलाभासलाइ दुइ एकले निराश पार्यो । रियलको जितमा दुवै गोल डेनियल सेवालोसले गरे । ११ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । अर्को खेलमा मालागा र एथलेटिको बिल्वाओले तिन तिन गोलको बराबरी खेले ।

उता इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएका खेलमा शीर्ष क्लबहरु नै विजयी भएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५-० ले पराजित गरेको छ ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडले साउथ ह्याम्पटनलाई १-० ले पराजित गरेको छ । अर्को दाबेदार टोली चेल्सीले स्टोक सिटीलाई ४-० ले पराजित गर्दा एभर्टनले बर्नमाउथलाई २-१ ले हराएको छ ।

त्यसैगरी वार्डफोर्डले स्वान्सी सिटीलाई २-१ ले पराजित गरेको छ भने टोटनह्यामले वेस्ट ह्याम युनाइटेडलाई ३-२ र लिभरपुलले लेस्टर सिटीलाई ३-२ ले नै पराजित गरेका छन् । वर्नले र हडल्सफिल्डबीचको खेल भने गोलरहीत बराबरीमा टुंगिएको छ ।

 

Check Also

विश्व क्रिकेट लिग:नेपाल र हङकङबीचको खेल रद्द, विश्वकप छनोट खेल्ने नेपालको सम्भावना सकियो

  असोज ३० / खगेन्द्र खरेल विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *