Monday , 23 October 2017
Home / विदेश / ठूलो परिमाणमा भारतबाट नेपाल भित्र्याउन लागिएको तरवार बरामद

ठूलो परिमाणमा भारतबाट नेपाल भित्र्याउन लागिएको तरवार बरामद

१२असोज / खगेन्द्र खरेल
भारतको अजमेरबाट रुपैडिया नाका हुँदै नेपाल भित्र्याउन लागिएको अवस्थामा भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा तरवार बरामद गरेको छ । भारतीय संचारमाध्यमका अनुसार मंगलबार अजमेरबाट नेपाल आउँदै गरेको बसमा चेकजाँचका क्रममा ८१ थान तरवार फेला परेको थियो । बुधबार पनि अजमेरबाट नेपालतर्फ आउँदै गरेको बसबाट एक सय ५२ तरवार बरामद भएको बताइएको छ ।

तरवार कसले र किन ल्याएको हो भन्ने प्रष्ट हुन नसकेको भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । पर्यटक बसमा ती तरवार ओसारिएको बताइएको छ । विभिन्न बसमा गरिएको तलासीका क्रममा तरवार बरामद भएको भारतीय सुरक्षाकर्मीको भनाइ छ । (एजेन्सी)

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *