Thursday , 19 October 2017
Home / देश / राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री देउवा स्वदेश फर्किँदै

राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री देउवा स्वदेश फर्किँदै

१२असोज / खगेन्द्र खरेल
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै हुनुहुन्छ । उहा ओमान हुँदै बिहीबार साँझ सात ४५ बजे काठमाडौं आइपुग्नु हुनेछ । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै पत्रकार भेटघाट कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन प्रधानमन्त्री देउवा यही असोज ३ गते अमेरिकाको न्यूयोर्क जानु भएको थियो । उहाले असोज ७ गते महासभालाई सम्वोधन गर्नु भएको थियो।

१ सय ९३ मुलुक सहभागी राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायत विषयमा जानकारी गराउनु भएको थियो । अमेरिका बसाइको क्रममा उहाले विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गर्नु भयो। अमेरिकाबाट उहा ओमान प्रस्थान गर्नु भएको हो। ओमानमा पनि बिभिन्न भेटवार्ता गरेर देउवा स्वदेश फर्किन लाग्नु भएको हो।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई लगायत छन् ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *