Thursday , 19 October 2017
Home / विदेश / भारत मुम्बईको एक रेल्वे स्टेसनमा भागदौड हुँदा २७ को मृत्यु

भारत मुम्बईको एक रेल्वे स्टेसनमा भागदौड हुँदा २७ को मृत्यु

असोज १३ / खगेन्द्र खरेल
भारत मुम्बईको रेल्वे स्टेसनमा शुक्रबार भएको भागदौडमा २७ जनाको मृत्यु भएको छ। भारी वर्षासँगै बढी भिड रहेको अल्फिन स्टोन स्टेसनमा बिहान १०:३० बजे सो घटना भएको हो। घटनामा ३० जनाभन्दा बढी घाईते भएका छन्।

भारी वर्षासँगै पुलको एउटा हिस्सा भासिन लागेको हल्लाका कारण यात्रुहरुमा भागदौड मच्चिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। घाईतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागी लगिएको रेलवे अधिकारीले जनाएका छन्।

भारतीय रेलमन्त्रीले पियुस गोयलले उक्त दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्। उनले घटनाको छानबिनको आदेश दिएका छन्।

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *