Thursday , 19 October 2017
Home / देश / राष्ट्रपतिद्वारा ४५६ कैदीको भुक्तान हुन बाँकी सजाय माफी

राष्ट्रपतिद्वारा ४५६ कैदीको भुक्तान हुन बाँकी सजाय माफी

असोज १३ / खगेन्द्र खरेल
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैं २०७४ को उपलक्ष्यमा ४५६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा उनले उनीहरुको भुक्तान हुन बाँकी कैदको सजाय माफी दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२ क), कारागार व्यवस्थापन कार्यविधि, २०७३ एवं सजाय माफी, मुल्तवी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ बमोजिम असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य देखिएका उनीहरूको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *