Thursday , 19 October 2017
Home / विदेश / अमेरिकाको लास भेगास क्यासिनोमा गोली प्रहारबाट २० मारिए, १०० बढी घाइते

अमेरिकाको लास भेगास क्यासिनोमा गोली प्रहारबाट २० मारिए, १०० बढी घाइते

असोज १६ / खगेन्द्र खरेल
अमेरिकी शहर लासभेगासमा रहेको क्यासिनोमा सोमबार राति भएको गोलीबारीमा २० जना मारिएका छन् । अन्य १०० बढी जना घाइते छन् ।

सनसेट स्ट्रिप इलाकास्थित मन्डाले बे होटेलबाहिर भइरहेको ‘रुट-९१ हार्भेस्ट फेस्टिवल’ नामक सांगीतिक कार्यक्रममा एक युवकले अन्धाधुन्द गोली बर्साएका थिए । उक्त कार्यक्रममा ३० हजारभन्दा बढी दर्शक सहभागी थिए ।

गोलीबारी माण्डले क्यासिनो नजिक भएको बताइएको छ । क्यासिनो बाहिर कन्सर्ट भैरहेको स्थानमा घटना भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । तिन जना आक्रमणकारी रहेको हुन सक्ने बताइएको छ । स्थानीय कलाकार जैसन एडलेनले आफ्नो प्रस्तुति दिदै गर्दा फ़ाइरिङ्ग भएको उल्लेख छ ।

हाताहात हुने तथा घाइतेको संख्या बढ्न सक्ने जनाइएको छ ।

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *