Sunday , 22 October 2017
Home / देश / प्रतिनिधिसभा सदस्यका लागि झापामा एमाले र कांग्रेसबाट केहि नाम सिफारिस

प्रतिनिधिसभा सदस्यका लागि झापामा एमाले र कांग्रेसबाट केहि नाम सिफारिस

 

असोज १६ / खगेन्द्र खरेल
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले झापाका तीनवटा संघीय संसदीय निर्वाचन क्षेत्रका लागि सम्बन्धित कमिटीबाट प्रतक्ष्यतर्फ एक–एकजनाको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

असोज १६ गते सम्पन्न पुनःसंरचित क्षेत्र नं. १, ३ र ४ को क्षेत्रीय कमिटीको बैठकले सर्वसम्मत नाम सिफारिस गरेको पार्टी स्रोतले जनाएको छ । जसअनुसार क्षेत्र नं. १ बाट गोपाल बुढाथोकी, क्षेत्र नं. ३ बाट पुष्पराज पोखरेल र क्षेत्र नं. ४ बाट लालप्रसाद (एलपी) साँवाको नाम सिफारिस गरिएको हो ।

पार्टी केन्द्रीय कमिटीले स्थानीयस्तरबाटै नाम सिफारिस भई जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाउन गरेको निर्देशानुसारको प्रक्रिया भएकाले प्रस्तुत नामहरु प्रारम्भिक मात्र भएको स्रोतले जनाएको छ ।

यस्तै नेपाली कांग्रेसले संघीय संसदीय निर्वाचनका लागि क्षेत्र नं. १ मा विश्वप्रकाश शर्मा र ४ मा देउमान थेवेको नाम सिफारिस गरेको छ । सो पार्टीले आन्तरिक सहमति गरेर सर्वसम्मत नाम सिफारिस गरेको स्रोतको दाबी छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *