Monday , 23 October 2017
Home / विदेश / स्पेनबाट क्याटेलोनिया अलग हुने:जनमत संग्रहमा ९० प्रतिशत मत पक्षमा

स्पेनबाट क्याटेलोनिया अलग हुने:जनमत संग्रहमा ९० प्रतिशत मत पक्षमा

असोज १६ / खगेन्द्र खरेल
क्याटेलोनियामा भएको जनमत संग्रहमा ९० प्रतिशत मत स्पेनबाट अलग हुने पक्षमा खसेको छ । स्पेनले भने यसलाई असंवैधानिक भनेको छ ।

क्याटेलोनियाका शीर्ष नेता कार्लस पुजिमोन्टले दाबी गरेका छन् कि अब क्याटेलोनियालाई स्वतन्त्र देशको रुपमा अस्तित्वमा आउने अधिकार प्राप्त भएको छ । उनका अनुसार जनमत संग्रहमा प्राप्त मतलाई अब क्याटेलोनियाको संसदमा पठाइने छ ।

स्पेनले भने यस जनमत संग्रहलाई अवैध भनेको छ । प्रधानमन्त्री मारियानो रहोइनले क्याटेलोनियाका अधिकतम जनता स्पेनबाट अलग हुन नचाहेको दाबी गरेका छन् ।

स्पेनको केन्द्र सरकारले जनमत संग्रहलाई असंवैधानिक बताए पनि क्याटेलोनिया प्रशासनले भने यसमा आफूहरुको जीत भएको बताएको छ । तर जनमत संग्रहको निगरानीका लागि बोलाइएका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने स्पेनको निन्दा गरेका छन् ।

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *