Thursday , 19 October 2017
Home / खेलकुद / ताजिकिस्तान विरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

ताजिकिस्तान विरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

 

असोज १८ / खगेन्द्र खरेल
ताजिकिस्तानविरुद्ध हुने एएफसी एसियन कप छनोट अन्तर्गत समूह ‘ऐफ को चौथो खेलका लागि राष्ट्रिय फुटबल टोलीको नामावली सार्वजनिक भएको छ ।

ताजिकिस्तान विरुद्धको पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेका छन् । गोलरक्षक विशाल श्रेष्ठको ठाउँमा एलेन न्यौपाने र सुमन लामाको स्थानमा राजेन्द्र रावलले टोलीमा पुनरागमन गरेका छन् ।

टोलीका नियमित कप्तान अनिल गुरुङ चोटका कारण प्रशिक्षणमा उपलब्ध थिएनन् । उनको अनुपस्थितिमा विराज महर्जनले कप्तानी सम्हाल्नेछन् । नेपाली टोलीले असोज २४ गते ताजिकिस्तानको घरेलु मैदानमा खेल्दैछ । यी दुई टोलीबीच गत महिना भएको खेलमा ताजिकिस्तान २-१ ले विजयी भएको थियो । नेपालको लागि एकमात्र गोल विमल घर्ती मगरले गरेका थिए । नेपाल अंक तालिकाको पुछारमा छ ।

नेपाली टोली:

गोलकिपर:

१) किरण चेम्जोङ

२) एलन न्यौपाने

३) विकेश कुथु

डिफेन्डर:

४) बिराज महर्जन

५) देवेन्द्र तामाङ

६) अनन्त तामाङ

७) दिनेश राजवंशी

८) जितेन्द्र कार्की

९) आदित्य चौधरी

१०) कमल श्रेष्ठ

११) राजेन्द्र रावल

मिडफिल्डर:

१२) सुनिल बल

१३) रोहित चन्द

१४ ) हेमन गुरुङ

१५) विक्रम लामा

१६) सुजल श्रेष्ठ

१७) विशाल राइ

१८) हेमन्त थापा मगर

फरवार्ड
१९) अन्जन बिष्ट

२०) विमल घर्ति मगर

२१) भरत खवास

२२) नवयुग श्रेष्ठ

२३) जर्ज प्रिन्स कार्की

 

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *