Tuesday , 17 October 2017
Home / देश / डा. केसीको स्थगित अनसन आज साढे चार बजेबाट पुनः सुरू

डा. केसीको स्थगित अनसन आज साढे चार बजेबाट पुनः सुरू

असोज १९ / खगेन्द्र खरेल
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डा. गोविन्द केसीले आफ्नो १३ औं अनसन आज बाट सुरु गर्ने भएका छन्। अनसन अपरान्ह साढे चार बजेबाट सुरू गर्ने भएका छन्।

संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएकाले डा. केसी अनसनमा बसेका हुन्। गत असोज ९ गते सुरू गरेको १२ ‌औं अनसन दसैंका कारण ११ गते नै स्थगित गरेका डा. केसीले १९ बाट पुनः बस्ने बताएका थिए।

अनसन स्थगित गरेपछि १३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चिकित्सा शिक्षा विधेयक तोडमरोड नगरी पारित गर्न उनले असोज १९ गतेसम्मको अल्टिमेटम दिएका थिए।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *