Sunday , 22 October 2017
Home / देश / अर्घाखाँचीमा बस दुर्घटना हुदा २ को मृत्यु, २ दर्जन बढी घाइते

अर्घाखाँचीमा बस दुर्घटना हुदा २ को मृत्यु, २ दर्जन बढी घाइते

असोज २० / खगेन्द्र खरेल
जिल्लाकाे डाँडाकटेरीबाट बुटवलतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार बिहान दुर्घटनामा परेको छ । लु १ ख ७५१८ नम्बरको बस मालारानी गाउँपालिका–३ सावडाँडामा सडकबाट २ सय मिटर तल खस्दा २ जनाको ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन् । दुर्घटना बिहान ८.३० बजे भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दुर्घटनाको पुष्टि गर्दै विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिएको छ । दुर्घटनाको खबर पाएलगत्तै इन्स्पेक्टर रञ्जनबहादुर स्वाँर नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ । घटनास्थलमा खटिएका प्रहरी अधिकारीसँग सम्पर्क हुन नसकेकाले दुर्घटनाको विवरण आउनमा ढिलाइ भएको प्रहरीले जनाएको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *