Sunday , 22 October 2017
Home / देश / निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको कोटाबारे राजनीतिक दलसँग छलफल गर्दै

निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको कोटाबारे राजनीतिक दलसँग छलफल गर्दै

असोज २१ / खगेन्द्र खरेल
निर्वाचन आयोगले समानुपातिक चुनावको लागि उम्मेदवारको कोटा निर्धारण लगायतका विषयमा राजनीतिक दलसँग छलफल गर्दैछ । आज हुने छलफलमा समानुपातिक चुनावको लागि उम्मेदवारको कोटा निर्धारण लगायतका विषयमा कुराकानी हुने आयोगले जनाएको छ ।

शनिबार ४५ दल र आइतबार ४६ दलका नेतासँग समानुपातिक चुनावको विषयमा छलफल गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आउँदो २९ गतेभित्र राजनीतिक दलले उमेद्वारको बन्दसूचि आयोगमा पेस गर्नुपर्ने भएकाले राजनीतिक दलसँग छलफल गर्न लागिएको उहाँले बताउनुभयो ।

यस्तै आयोगले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा चुनावको तयारीलाई तीब्रता दिएको जनाएको छ । त्यसको लागि मतपत्र छापाइ, चुनावको लागि आवश्यक सामग्री व्यवस्थापनका लागि कर्मचारीलाई तालिम दिने लगायतका काम भैरहेको प्रवक्ता ढकालले बताउनुभयो । चुनावको लागि २ लाख १५ हजार कर्मचारी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *