Thursday , 19 October 2017
Home / विदेश / अहिले सम्मकै सबसे खतरनाक रियालिटी शो, हत्या-बलात्कार सम्मको छुट, स्वयंम जिम्मेदार हुनु पर्ने

अहिले सम्मकै सबसे खतरनाक रियालिटी शो, हत्या-बलात्कार सम्मको छुट, स्वयंम जिम्मेदार हुनु पर्ने

असोज २२ / खगेन्द्र खरेल
अहिले सम्म देखिएका विभिन्न रियालिटी शोहरुमा सानातिना घटना, लव, रोमान्स झगडा सुन्ने गरिए पनि यो आउदै गरेको रियालिटी शोमा आफ्नो निजि जिम्मेदारीमा सहभागी कलाकारले अर्को कलाकारको बलात्कार वा हत्या सम्म गर्न सक्ने छ । यसको लागि सबै सहभागी कलाकारलाई आयोजकले बकाइदा हस्ताक्षर गराएका छन् ।

यो शोको नाम हो गेम टु विन्टर (GAME 2 WINTER) जसको विजेताले १.६ मिलियन डलर नगद प्राप्त गर्नेछ । समाचारका अनुसार यो रशियन शो यसै बर्ष जुलाइमा सुरु भएको हो । शोमा सहभागीहरु एक सय २० जाना भोटिंग द्वारा छानिएकामा अन्तिम ३० जनालाई प्रितियोगीतामा सामेल गराइएको छ । शोमा सहभागीहरु दक्षिण कोरियाका रिटायर आर्मी देखि स्वीडेनका बिद्यार्थी सम्म छन् । यसको सुटिंग साइबेरियाको घना जंगलमा भैरहेको छ ।

सहभागीहरुले आफ्नै रिस्कमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतियोगिताको दौरान कुनै घटना भए,अर्को सहभागीको बलात्कार वा हत्या नै भए पनि आयोजक जिम्मेदार हुने छैन । आफुसग हुने कुनै पनि घटनाको स्वयम् जिम्मेदार हुनु पर्ने छ ।

यो शोलाई हालीउड़को फिल्म हंगर गेम्सको थिममा बनाइदै छ । साइबेरियाको जंगलमा ९ महिना सम्म यसको सुटिंग हुनेछ । यो शो एक अप्रिल २०१८ सम्म चल्नेछ ।

Check Also

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *